दफा ३५
यात्रीगुण्टा हराए, क्षति भए वा हस्तान्तरण गर्न ढिलाइ भए बापतको क्षतिपूर्ति
(१) कुनै यात्रीगुण्टा पूरै वा आंशिकरूपमा हराएमा वा क्षति भएमा सो बापत बोर्डले सम्बन्धित व्यक्तिलाई तिर्नु पर्ने क्षतिपूर्ति देहाय बमोजिम हुनेछ :-
(क) यात्रीगुण्टाको मूल्य घोषणा गरी ढुवानी गरेकोमा
घोषित मूल्यको आधारमा, (ख) खण्ड (क) बमोजिम मूल्य: घोषणा नगरिएकोमा त्यस्तो यात्रीगुण्टाको गन्तव्य स्थानको प्रचलित बजार मूल्यको आधारमा, र
(ग) खण्ड (ख) बमोजिम गन्तव्य स्थानको प्रचलित बजार मूल्य खुल्न नसकेमा त्यस्तो यात्रीगुण्टाको वास्तविक मूल्यको आधारमा ।
(२) उपदफा (१) को-खण्ड (ख) वा (ग) बमोजिम मूल्य निर्धारण गर्दा त्यस्तो यात्रीगुण्टा दर्ता गर्दाको अवस्थामा रहेको यात्रीगुण्टाको किसिम र गुणस्तरलाई समेत आधार मानिनेछ।
(३) कुनै यात्रीगुण्टा हराइ वा क्षति भई बोर्डले सोको क्षतिपूर्ति तिर्नु पर्ने भएमा उपदफा (१) मा उल्लिखित क्षतिपूर्ति उपलब्ध गराई हराएको वा क्षति भएको यात्रीगुण्टाको ढुवानी शुल्क र अन्य शुल्क लिएको भए सो समेत फिर्ता गर्नु पर्नेछ।
(४) कुनै यात्रीगुण्टाको हस्तान्तरण गर्नमा ढिलाइ भएको कारणले कुनै नोक्सानी वा क्षति हुन गएमा बोर्डले त्यस्तो यात्रीगुण्टाको क्षति बराबरको रकम सम्बन्धित व्यक्तिलाई तिर्नु पर्नेछ। (५) कुनै यात्रीगुण्टाको आंशिक क्षति भएको र हस्तान्तरणमा ढिलाइ समेत भएकोमा यात्रीगुण्टामा भएको क्षति वा ढिलाइको आधारमा क्षतिपूर्ति दाबी गर्न सकिनेछ।
(६) काबुबाहिरको परिस्थितिमा बाहेक .अन्य अवस्थामा यात्रीगुण्टा दर्ता रसिदमा उल्लिखित मितिभित्रसम्बन्धित स्टेशन प्रमुखले यात्रीगुण्टा हस्तान्तरण नगरी ढिलाइ गरेमा यात्रीगुण्टाको हस्तान्तरण गर्न जति दिनः ढिलाइ भएको हो सो दिनदेखि यात्रीगुण्टाको प्रतिकिलो पचास रुपैयाँका दरले हुन आउने रकम क्षतिपूर्ति बापत सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
तर यात्रीगुण्टा दर्ता /गर्ने व्यक्ति यात्रीगुण्टा बुझाउनको लागि निर्धारित मितिभित्र त्यस्तो: यात्रीगुण्टा बुझ्न नआएमा निजलाई त्यस्तो क्षतिपूर्तिको रकम बुझाउनु पर्ने छैन।